आज दाङमा १४ जनामा कोरोना देखियो, ११ जना निको

दाङ । दाङमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर परिक्षण गर्दा ७ महिला र ७ पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा घोराहीका १२ जना, तुलसीपुरका र लमहीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
आज थप भएका १४ जनासहित जिल्लामा सकृय बिरामीको संख्या एक सय ३९ जना पुगेको छ । ति मध्य एक सय १९ जना घरमा, अक्सिजनसहितको उपचारमा २० जना र आईसियूमा ६ जना रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै बितेको २४ घण्टामा दाङमा ११ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका ९ जना, तुलसीपुर र राप्तीका १÷१ जना रहेका छन् । बैशाख यता दाङमा ८ हजार ४ सय ६९ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार १ सय २२ जना निको भएका छन । त्यसैगरी २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।