पछिल्लो २४ घण्टामा थप २५६८ जना संक्रमित, २०२० जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार पाँच सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार चार सय दुई जनाको पीसीआर र चार हजार दुई सय ३४ जनाको एन्टिजेन गरी १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार एक सय ९७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको पुष्टि भएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ हजार आठ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ३१ हजार दुई सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस