लुम्बिनी प्रदेशका खेलकूद परिषद सदस्यलाई स्वागत
दाङ । जिल्ला खेलकूद विकास समिति दाङले आज (शुक्रबार) लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य भोजराज वलि र नरेन्द्र पुनलाई स्वागत तथा सम्मान गरेको छ ।
समितिले भर्खरै दाङ जिल्लाबाट लुम्बिनी प्रदेश खेलकूद परिषद सदस्यमा मनोनित भई कार्यभार समाल्नु भएका वलि र पुनलाई स्वागत तथा सम्मान गरेको हो । जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख चौधरीलगायत कर्मचारीले अबिर तथा खादा ओढाएर स्वागत तथा सम्मान गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश परिषद सदस्य द्वय वलि र पुनले सिङ्गो प्रदेशसँगै जिल्लामा खेलकूदको विकासका लागि आफुहरु लागि पर्ने बताए ।
जिल्लाका तर्फबाट प्रदेश खेलकूदमा प्रतिनिधित्व गर्ने अवसर पाएका छांै, सिङ्गो प्रदेशसंँगै दाङ खेलकूदको विकासलाई त्यतिकै महत्वका साथ चुरुस्त दुरुस्त बनाउने अभियानमा आफुहरु जुट्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमको सञ्चालन तेक्वान्दोका सहायक प्रशिक्षक भिमलाल बिश्वकर्माले गरेका थिए ।
यसैविच सोही अवसरमा लुम्बिनी प्रदेश खेलकूद परिषद सदस्य द्वय भोज राज वलि र नरेन्द्र पुनले लगायत कर्मचारीको एक टोलीले जिल्ला खेलकूद विकास समितिको मातहतमा बेल्झुण्डीमा निर्मित रंगशाालाको स्थलगत अनुगमन निरिक्षण गर्नुका साथै विभिन्न प्रजातिका पुस्प रोपन समेत गरेको थियो ।