दाङको तुलसीपुरमा थप ३ जना संक्रमित थपिए, सक्रिय संक्रमित ४१ जना

दाङ । तुलसीपुर उपमहानगरपालिकामा बिहीबार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै उपमहानगरमा हाल ४१ जना सक्रिय सङ्क्रमितहरू रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

त्यस्तै बिहीबार थप ६ जनाले कोरोना जितेको समेत उनले बताए । अस्पतालबाट एक जना र होम आइसोलेशनमा बसेका ५ जनाले कोरोना जितेर डिस्चार्ज भएको उनको भनाइ छ । त्यस्तै उपमहानगरले सञ्चालन गरेको मेट्रो अस्पतालमा ९ जना कोरोना संक्रमितहरु उपचाररत रहेको समेत उनले जानकारी दिए । हाल सम्म अस्पतालमा १६३ जनाको उपचार भएको समेत उनको भनाइ छ ।

त्यसैगरी गत बैशाखदेखि हाल सम्म उपमहानगरमा ४ हजार २५४ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए । त्यस्तै हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट १०५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै उनले पछिल्लो चरणमा फेरी कोरोना संक्रमण दर बढ्दै गइरहेको भन्दै सबैलाई स्वास्थ्य मापदण्ड पालन गर्न समेत आग्रह गरेका छन् । साथै, मेट्रो अस्पताल अश्वारामा दैनिक वितान ८ बजेदेखि ११ बजे सम्म र दिउँसो १ बजेदेखि ३ बजे सम्म निःशुल्क कोरोना भाइरस परीक्षण भइरहेको भन्दै कुनैपनि ब्यक्तिलाई लक्षण देखिएमा परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस