कारितास नेपाल कारितास जर्मनीको आर्थिक सहयोगमा दाङका चार अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

दाङ । करितास जर्मनी र कारितास नेपालको सहयोगमा सिसा नेपाल दाङको आयोजनामा दाङका चारवटा अस्पतालहरुलाई स्वास्थ सामग्री सहयोग गरिएको छ । सीसा नेपालले एक कार्यक्रम गरि कोरोना विशेष अस्पताल बेलझुन्डि, मेट्रो अस्पताल तुलसीपुर, राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान र लमही कोरोना अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।

संस्थाले चारवटा अस्पताललाई ५÷५ वटाका दरले अक्सिजन सिलिन्डर सहयोग गरेको संस्थाकी अध्यक्ष साजिदा सिद्धिकीले जानकारी दिइन् । सिसा नेपाल दाङकी केन्द्रीय अध्यक्ष सिद्धिकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्मा र जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टकसिंह बुढाथोकीको विशिष्ट आतिथ्यतामा स्वास्थ सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल प्रर्शन बिमल केसी, कोरोना विशेष अस्पताल बेलझुन्डिका स्वास्थकर्मी तथा काउन्सेलर किसन थापा, दाङ चेम्बर अफ कमर्सका उपाध्यक्ष बलदेव योगी, अनेम संघ दाङकी अध्यक्ष हुमा डिसीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार दिपक ओलीले गेका थिए ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस