३३ सय बढी संक्रमित थपिए, १३७३ जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार दुई सय ४२ जनामा कोरोना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ । त्यस्तै, बिहीबार एक हजार तीन सय ७३ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस