अनेम संघ दाङको बैठक सम्पन्न , महिला माथि भैरहेको हिँसा र अपराधको सवाल लगाएतका बिषयमा संबेदनशिल हुन सरकार समक्ष माग

दाङ १४ श्रावन
आज दाङको घोराहिमा नेकपा एमाले भातृ संगठन अनेम संघको बैठक सम्पन्न भएको छ । महिला माथि भैरहेको हिँसा र अपराधको सवालमा संबेदनशिल हुदै महिलाहरुको हत्या हिँसा र अपराधमा संलग्न अपराधिहरुको खोजि गरी दन्डित कार्यमा भएको ढिलासुस्ति प्रति सरकारलाई सचेत गराउदै महिला माथि हुने हिंसा अपराध अन्त्यका लागि सुरक्षा निकायको प्रभावकारी परीचालनका लागि सरकारको ध्यानाकर्षण गर्दै ३ बर्ष देखि संघिय संसदमा बिचाराधिन अवस्थामा रहेको नागरीकता संसोधन बिधेयक संसदले पारीत गर्न नसकेको कारण ६ लाख भन्दा बढि युवाहरु अनागरी हुनु परेको र जसका कारण उनिहरुले संबिधान संम्मत कुनै पनि सुबिधाहरु प्राप्त गर्न सकेका छैनन् ।

यो कुरामा पनि राज्य प्रति अनेमसंघ दाङले गम्भिर ध्यानाकर्ष भएको निष्कर्स निकालेको छ । संबिधानको सिद्धान्थ शक्ति पृथकिकराण्को सिद्धान्तको बपिरीत जनताले दिएको अभिमतमाथि सर्वोच्व अदालतले गरेको हस्तक्षेप प्रति गम्भिर हुदै राजनितिक बिषयहरुमा स्विकार्य नहुने न्यायालयको ध्यानाकर्षण गर्दै यो बैठक लोकतान्त्रिक गनतन्त्रको सर्वोच्व संस्था सम्मानिय राष्ट्रपति माथि अनमुल्यन गर्दै भद्धा टिप्पनि गर्नेहरुमाथि खेद प्रकट गर्दै यस्ता टिप्पनिहरुले लोकतान्त्रिक गनतन्त्रको मर्यादा अवमुल्यन हुनुका साथै सिंगो महिलाहरुको जिवनमा समेत असर पर्ने कुरामा सचेत गराउदै यस्ता कार्यहरु स्विकार्य नहुने कुरामा समेत ध्यानाकर्षण भएको कार्यक्रमका बक्ताहरुले बताएका थिय । महिलाहरुद्धारा संचालित साना तथा मझौला उद्योगहरु कोरोना महामारीका कारण प्रभावित भएका भन्दै महिलाहरुद्धारा संचालित उद्योगहरुलाई पुनं संचालनका लागि बिशेष अनुदानका लागि सरकार समक्ष बैठकले माग समेत गरेको छ ।

बर्तमान परीस्थितिको बारेमा नेकपा एमाले भातृ संगठन अनेमसंघको आयोजनामा भएको कार्यक्रममा अनेमसंघ दाङकि अध्यक्ष हुमा डिसि , अनेम संघका केन्द्रिय सदस्य तथा प्रशिक्षण बिभाग प्रमुख मेनका पोख्रेल , नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत , सचिव मनोहर बुढाथोकि लगाएतले आफ्नो भनाई राख्नु भएको थियो । अनेमसंघ दाङ क्षेत्र नम्बर २ का सहसंयोजक बिष्णु कालाथोकिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अनेम संघ दाङकि अध्यक्ष हुमा डिसिको अध्यक्षता , अनेम संघका केन्द्रिय सदस्य तथा प्रशिक्षण बिभाग प्रमुख मेनका पोख्रेलको प्रमुख आतिथ्यता तथा अनेम संघ लुम्बिनि प्रदेश सचिव तथा प्रदेश सदस्य सरस्वति गौतमको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव तथा केन्द्रिय सदस्य साजिदा सिद्धिकिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस