लुम्बिनी प्रदेशको दाङमा तेस्रो भेरिएन्टको तयारीमा अस्पताल

दाङ । कोरोना संक्रमणको तेस्रो भेरिएन्ट सुरु हुने आशंकासँगै दाङका अस्पतालमा तयारी थालिएको छ । जिल्लाका ठूला अस्पताल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर मेट्रो अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले तेस्रो भेरिएन्टको उपचारको तयारी थालेका हुन् ।

जिल्लामा कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको राप्ती प्रादेशिक कोरोना विशेष अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बालबालिकाको उपचार केन्द्रित गरेर पूर्व तयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. विनोद सिहले जानकारी गराए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत बालबालिका केन्द्रित उपचारका लागि केन्द्रत हुन थालेको छ । तेस्रो भेरियन्टको यो अवस्थालाई मध्यनजर गरेर अस्पतालले आफ्नो खालको तयारी गरेको उनको भनाइ छ ।

संघीय र प्रदेश सरकारको सहयोगमा आइसीयु, पीआइसीयु बेडको व्यवस्थापन भइरहेको र दैनिक ७५ सिलिन्टर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट निर्माणको चरणमा रहेको बताए । राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालका मेसु सिंहले तेस्रो भेरियण्ट बच्चाहरुमा केन्द्रित हुने अनुमान भएपछि उपचारलाई पनि त्यहि अनुसार केन्द्रित गर्न थालिएको बताए । उनले बालबालिकाको उपचारलाई केन्द्रित गरेर पिआसियु, एचडियु, आसीयु बेडहरुको व्यवस्थापन सुरु भएको र उपचारलाई बालबालिका केन्द्रित गर्ने योजना सहित काममा जुटेको बताए ।

त्यसै गरेर अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम समेत सुरु भएको बताए । त्यसका लागि संघीय सरकारले एक करोड पचास लाख रुपैयाँ व्यवस्थापन गरेको छ । प्रादेशिक अस्पतालमा २५ बेड एचडियु, १५ बेड पिआइसियु बेड, १४ वटा भेन्टीलेटर बेड तयारी अवस्थामा रहेकोे मेसु डा सिहले बताए । उनले सय वेड जनरल बेड तयारी अबस्थाका रहेको जानकारी दिए । उनले यसका लागि संघीय सरकारबाट एचडियु बेडका लागि ३ करोड, पिआइसियु बेडको लागि ९ करोड र अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख रुपैयाँ अस्पतालमा आएको हो ।

अस्पताल पूर्ण तयारीमा भए पनि जागरुपता सचेतना र स्वास्थ्य सुरक्षाका लागि सबै सजक हुनुपर्ने बताए । दोस्रो भेरियन्ट अन्त्य नहुँदै तेस्रो सुरु भएको होकी भन्ने अबस्था आएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनले अहिले केहि बच्चाहरुमा समेत कोरोना देखिएर अस्पतालमा उपचार भइरहेको बताए । तुलसीपुरमा पछिल्लो समय पाँच जना बच्चामा कोरोना संक्रमण भइसकेको छ । उनीहरुको तुलसीपुर मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बच्चाहरुमा कोरोना संक्रमण देखिन थालेपछि नगरमा उच्च स्तरमा तयारी थालिएको केसीले बताए ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस