राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरी राजीनामाको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले अखिल नेपाल फुटबल संघका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

यस विषयमा अलमुताइरीले नेपाली समर्थकसँग माफी पनि मागेका छन् । अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाली फुटबलले लय लिन थालेको थियो ।

युवा खेलाडीलाई स्थान दिने र नयाँ प्रयोग अलमुताइरीका विशेषता हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले एसिया कप छनोटको तेस्रो स्थानमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस