दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पूरा ठेगाना नखुलेका दाङ निवासी अन्दाजी २८र२९ वर्षका युबराज राना रहेका छन ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकलमा सवार रानाको लमही नगरपालिका वडा नम्बर ४ अर्नवा मोडमा दुर्घटना हुँदा रानाको घटनास्थलमै ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

दुर्घटना कति बजे भयो भन्ने एकिन छैन । दुर्घटना स्थल नजिकै पसल संचालकले पसल नजिकैको झाडीमा मोटरसाइकल र मानिसको शब देखेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक रानाको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ र उनको ठेगाना पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस