महाराजधिराजले आममाफी दिएभन्दा खुसी हुनुपर्ने : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आममाफी दिने घोषणा गरेकोप्रति टिप्पणी गरेका छन्.। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले स्पष्टीकरण सोधेकोमा गल्ती भएको र फिर्ता लिए भनेको भए उचाइ घट्थ्यो र ? भन्दै प्रश्न पनि गरे ।

“हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो । माधव नेपाललगायत बाँकी सदस्यहरूमाथि गरिएको स्पष्टीकरणलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । महाराजधिराजको वाहा ! वाहा ! हामी खुसी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? यसरी कम्युनिस्ट पद्धति भनिन्छ ? स्पष्टीकरण सोध्नु गल्ती भयो । मैले त्यो हतार गरेँ । मैले फिर्ता गरेँ भनेको भए उहाँको हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?,” उनले प्रश्न गर्दै भने ।

ओलीले हिजो पुष्पलाल स्मृति दिवसको अवसरमा ओलीले एम्नेस्टी इज ग्रान्टेड भनेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस