दाङको तुलसीपुरमा अन द स्पट कोरोना परिक्षण

दाङ । दाङको तुलसीपुरमा अन द स्पट कोरोना परिक्षण गर्न थालिएको छ । एन्टिजेन विधिबाट नागरिक भएकै ठाउँबाट कोरोना परिक्षण गर्ने गरी अभियान थालिएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखा कार्यालयको आयोजना तथा तुलसीपुर उद्योग बाणिज्य संघको समन्वयमा नागरिकको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्न थालिएको हो । तुलसीपुरमा बिहीबार व्युटि पालर व्यवसायी र अन्य व्यवसायीको कोरोना परिक्षण गर्दा एक जनाको रिपोट पोजेटिभ देखिएको उनले जानकारी दिए ।

उनका अनुसार व्युटी पालर व्यवसायीमा भने कसैको पनि रिपोट पोजेटिभ आएन । तुलसीपुरमा अहिले ३५ जना संक्रिय संक्रमितको संख्या रहेको छन् । यो संगै हालसम्म तुलसीपुरमा चार हजर दुई १६ जना नागरिकलाई कोरोना संक्रमण देखिएको छ । अहिले अस्पतालमा १३ जनाको उपचार भईरहेको र अन्य होम आईसोलेसनमा रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

पछिल्नो समय फेरी कोरोना संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन उनले सबैमा आग्रह गरे । पछिल्नो समय जनस्वास्थ्य सुरक्षाको मापदण्ड प्रति नागरिकको लापरवाही बढेको हँुदा संक्रमण दर पनि बढ्न थालेको छ ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस