दाङमा आज १० जनामा कोरोना पुष्टि, एक जना निको

दाङ । दाङमा आज (शुक्रबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ६ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा घोराहीका ९ र तुलसीपुरका एक जना रहेका छन् । यो सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय २१ पुगेको छ । ति मध्य ९८ जना घरमा, अक्सिजनसहितको उपचारमा १६ जना र आईसियूमा ७ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
आज तुलसीपुरका एक जना मात्रै कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ३ सय ४४ जना रहेको छ भने ८ हजार १६ जना निको भएका छन् । त्यस्तै बैशाख यता २ सय ७ जनाको कोरोना संक्रमणका कारण मृत्युभएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस