दाङको बेल्झुण्डीमा उपचारत एक जना पुरुषको मृत्यु

दाङ । दाङमा आज (बिहीबार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेल्झुण्डीमा उपचारत ५७ वर्षिय एक पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोर्ण ओलीले जानकारी दिए । मृत्युहुनेमा लमही नगरपालिका ५ का ५७ वर्षिय पुरुष रहेका छन् ।
मृतक पुरुष साउन ६ गतेदेखि उपचारत रहेका थिए । उनको आज दिउँसो करिव ४ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई निमोनियासँगै स्वासप्रस्वास सम्बन्धी समस्या रहेको थियो । हाल उक्त अस्पतालमा ७ जना संक्रमितको आसियूमा उपचार भइरहेको छ । यो सँगै बैशाख यता दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ ।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस