देशभर थप २८३८ संक्रमण थपिए, १४१५ जना संक्रमणमुक्त, ३० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन् । उनले सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस