वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधी टिकरीलाई

दाङ । दाङ तुलसिपुर ८ को अश्वारामा संचालित वडा स्तरीय फुटबल प्रतियोगीता २०७८ को उपाधी टिकरी युथ क्लबले जितेको छ । अश्वारा युथ क्लव तुलसीपुर ८ को आयोजनामा मावि अश्वाराको खेल मैदानमा सम्पन्न फाईनल खेलमा बि.वाई.सी युथ क्लव बुटुनियालाई शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै टिकरी युथ क्लवले उपाधी जितेको हो ।

उपाधीसँगै उसले नगद १२ हजार १ सय तथा प्रमाणपत्र हात पा¥यो १ फाईनलमा सम्मानजनक हार ब्यहोरेको बि.वाई.सी उपबिजेतामा सीमित रहदै नगद ५ हजार १ सय र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । स्थानीय स्तरका दर्शकहरुको शानदार उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ५५ औ मिनेटमा जर्सी नं. ४० का समिर डाँगीले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगीता अबधिभर रेफ्रीको भूमिकामा देबराज बस्नेत, नवीन सेन ठकुरी र बिवेक खड्का रहेका थिए ।

साउन १ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगीताको समापन समारोह अश्वारा युथ क्लवका अध्यक्ष प्रबिन सेन ठकुरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बेदबहादुर केसीको प्रमुख आतिथ्य एव खेलप्रेमी युवा समाजसेवी किरणबहादुर शाह र नारायण भट्टराईको बिशिष्ट आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलकूद मानव जिवनको अभिन्न अंग भएको बताए । मानव स्वास्थ्यसँगै राष्ट्रको शान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो यसर्थ यो जिवनको अभिन्न अंग हो उनले भने । यसको उच्च आदर्शलाई खेलाडीले आत्मसात गर्दै अनुशासन पुर्वक खेल खेल्न आग्रह गरे ।

साथै उनले वडामा स्थापित क्लव तथा खेलाडीहरुलाई लक्षित गर्दै खेलमैदान निर्माण र आवश्यक खेल सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकीय सचिव धर्म ओली, समासेवी जुद्वबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अबसरमा प्रतियोगीता अबधिभर सात गोल गर्ने टिकरी युथ क्लवका क्याप्टेन जर्सी नं. ११ का सन्दिप बिकलाई सर्वाधिक गोलकर्ता घोषित गरेको थियो । श्रीधर साहुको स्वागत रहेको कार्यक्रमको संचालन गङ्गा राम बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस