दाङमा वन मुद्दामा फरार ४ जना पक्राउ

दाङ । दाङमा प्रहरीले वन मुद्दामा फरार ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने राजपुर गाउँपालिका ७ राताकास बस्ने ४५ वर्षीय निम प्रसाद बिक, सोही ठाउँका ६३ वर्षीय धन दल बहादुर बिक, ६२ वर्षीया राधिका बिक र ३४ वर्षीय तारा कुमारी पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

२०७५ साल माघ १६ गते सामूहिक वन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दाको फैसला भई फरार रहेका विरुद्ध जनही ७१ हजार ५२१ रुपैयाँ ५० पैसा जरिवाना तोकिएकोमा हाल फरार रहेकोले उनीहरूलाई सोमबार दिउँसो ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरु चारै जनालाई राजपुर ७ राताकासमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस