दाङमा ६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना निको

दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा गरिएको पिसीआर परिक्षणमा तुलसीपुरका २, राप्तीका २ र बबईमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या ९५ जना रहेको छ । ति मध्य ७४ जना घरमा, १३ जना अक्सिजनसहितको उपचारमा र ८ जना आईसीयूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

यसैगरी, आज थप ११ जना कोरोना मुक्त भएका छन् । तुलसीपुरका ५, घोराही र राप्तीका ३÷३ जना रहेका छन् । बैशाख यता दाङमा ८ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको र ति मध्य ७ हजार ९ सय ७८ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस