दाङमा २ जनामा कोरोना देखिदा २ जना निको
दाङ । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा १ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरु घोराही र बबईका रहेका छन् ।
यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या एक सय जना रहेको छ । ति मध्य ८४ जना घरमै, ९ जना अक्सिजनसहितको उपचारमा र आईसियूमा ७ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
आज २ जना कोरोना मुक्त भएका छन् । यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ७ हजार ९ सय ६७ जना रहेका छन् । संक्रमितको संख्या ८ हजार २ सय ७३ पुगेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस