कोभिड विरुद्धको खोपे जोनसन एण्ड जोनसन खोप लगाइँदै

काठमाडौ । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत (आज) सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै छ । एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि देशका विभिन्न ठाउँबाट दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर डाक्टर समिर अधिकारीले जानकारी दिए ।
(आज) सोमबारदेखि पर्सिसम्म जोनसन एण्ड जोनसनको खोप लगाइने उनले जानकारी दिए । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ । यसैबीच, आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौ उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्ने छन् ।