देउवाले विश्वासको मत लिने भएपछि नेपाल समूह छलफलमा
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएपछि दलहरू छलफलमा व्यस्त भएका छन्। उनलाई समर्थन दिएका एमालेको माधव नेपाल समूहका नेताहरू पनि नेपाल निवास कोटेश्वर पुगेका छन्।
आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक पनि बोलाएका छन्। तर माधव नेपाल समूह भने त्यो बैठकमा सहभागी नहुने भएका छन्। शुक्रबारको बैठकमा यो समूह सहभागी भएर बैठक रोक्न माग गरेको थियो तर ओली समूहले बैठक नरोकेपछि उनीहरू बाहिरिएका थिए।
नेपाल समूहका नेताहरूले देउवालाई नै विश्वासको मत दिने बताएका छन्। त्यसका लागि उनीहरूले नेपाल निवासमा छलफल गरिरहेको समूहका एकजना नेताले बताए।देउवाले विश्वासको मत लिनका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरिसकेका छन्।
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस