नयाँ भाडादर सार्वजनिक (सूचीसहित)

फाइल तस्वीर

काठमाडौं । सरकारले नयाँ भाडा दर कायम गरेसँगै दाङदेखि काठमाडौं जाँदाको भाडा २ सय बढीले बृद्धि भएको छ । यसअघि दाङदेखि काठमाडौंको भाडा दर ८४६ कायम गरिएको थियो । सरकारले २८ प्रतिशतले सार्वजनिक गाडीको भाडामा बृद्धि गरेपछि नयाँ भाडा दर १ हजार ६१ रुपैयाँ कायम गरिएको छ । यो भाडा दर अघिको भन्दा २ सय १५ रुपैयाँले बढी हो ।

यातायात व्यवस्था विभागले मंगलबार विभिन्न आधार बनाएर लामो दुरीका सार्वजनिक गाडीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो । यातायात मन्त्रालयले गएको आइतवार असार २७ गते नै भाडा बढाउन विभागलाई सहमति दिएको थियो । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ ।

नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा मात्र लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस