दाङका थप २२ जनामा कोरोना पुष्टि, ३६ जना निको

दाङ । दाङमा आज (शुक्रबार) थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका १२ जना, तुलसीपुरका १ जना, लमहीका ८ जना र बंगलाचुलीका १ जना रहेका छन् । यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या १ सय १ रहेको छ । ति मध्य घरमा ८९ जना, अक्सिजन सहितको उपचारमा १४ जना र आईसियूमा ८ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका २२ जनासहित बैशाख यता दाङमा कारोना संक्रमण हुनेको संख्या ८ हजार २ सय ६६ पुगेको छ भने ७ हजार ९ सय ५९ जना कोरोना मुक्त भएका छन् । त्यस्तै बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या दाङमा २ सय ६ पुगेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस