दाङमा साउन ३ गतेदेखि कोरोना खोप लगाईने, यी नागरिकले पाउनेछन् खोप

दाङ । दाङमा साउन ३ गतेदेखि कोरोना विरुद्धको अर्काे खोप अभियान साउन ३ गतेदखि सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा साउन ३ गतेदेखि खोप अभियान सुरु हुने छ ।

जसमा ५० वर्षदेखि माथिका नागरिकसँगै शिक्षक, चालकहरुलाई लगाइने छ । स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार अबको भेरोसिल खोप यसअघि ५५ वर्षमाथिका पहिलो चरणमा अगाउन छुटेका नागरिकसँगै ५५ वर्षका सबैलाई लगाइने छ । त्यस्तै, विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, विदेश जाने नेपाली नागरिकहरुले लगाइने छ ।

त्यसैगरी अपांगता भएका नागरिक (क र ख वर्गमा पर्ने), हाल नेपालमा बसेका शरणार्थीहरुलाई खोप लगाइने प्रमुख शाहीले जानकारी दिए । खोप लगाउनका लागि परिचय खुल्ने कागजपत्र भने अनिवार्य हुनु पर्ने छ । साउन ३ गतेदेखि स्थानीय तहले तोको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालय दाङले आग्रह गरेको छ । चीन सरकारले उपलब्ध गराएको भोरेसिल खोप शुक्रबार विहान मात्र स्वास्थ्य कार्यालय दाङमा आइपुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस