संसदबाट बजेट पारित नभएपछि प्रदेश सभाको अधिवेशन अन्त्य
बुटवल । लुम्बिनी प्रदेशमा बजेट पास नभएर किचलो बढ्दै गएको छ । सरकारले संसदबाट बजेट पास गर्न नसकेपछि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ । मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको हो ।
बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो । अधिवेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने संकेत गरेको छ ।
प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस