नेकपा एमालेकी नेता शान्ता चौधरीले सुरु गरिन् पार्लर व्यवसाय

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद शान्ता चौधरीले शरिरको तौल घटाउने तथा पार्लर सम्बन्धी व्यवसायी सुरु गरेकी छिन् । काठमाडौंमा जिविकोपार्जन कठिन भएपछि यो व्यवसाय संचालन गरेको उनीले बताइन् । काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ नाममा चौधरीले व्यवसाय संचालन गरेको जानकारी दिइन् ।

उनले फेसवुकमा लेखिछिन् ‘यसलाई अन्यथा नमानिदिनु होला, राजनीतिलाई निरन्तरता दिन बिहान बेलुका छाक टार्ने कुनै आम्दानी हुनु नै पर्ने रहेछ । पारिबारिक सम्पत्ति तथा आम्दानि नहुने म जस्ताका लागि दैनिक खर्च धान्ने कुरा कठिन थियो नै, तर राजनीतिक संलग्नता बढेसँगै यो कठिनाई अझ बढेर गएको थियो ।

यसै सिलसिलामा केहि उपाए खोज्ने क्रममा बहिनी मञ्जु गिरिसँग मिलेर काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ भनेर शरिरको तौल घटाउने तथा पार्लर सम्बन्धी काम गर्ने सानो ब्यबसाय सुरु गरेको छु ।’

उनले भनिन्, ‘विभिन्न रोग तथा आफ्नै शारीरिक कारणले एक समय म आफै अत्यन्त मोटो थिएँ र यस्तै एउटा सेन्टरमा गएर तौल घटाएर आफुलाई शारीरिक सन्तुलनमा राख्न छोटो समयमै सफल भएपछि थप हौसला मिल्यो र यो सेन्टर खोल्ने अबस्थामा पुगियो । निकै नै प्रभाबकारी हुने रहेछ । मेरा दुई फोटोबाटै तुलना गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस