दाङको हापुरे प्राथमिक अस्पताल सेवा सुरु

दाङ । दाङको बबई गाउँपालिकामा हापुरे प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सरकार र बबई गाउँपालिकाको आर्थिक लगानीमा निर्माण भएको अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

अस्पतालमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य जाँच गर्ने छन् । यसअघि स्वास्थ्य जाँच गर्न त्यसक्षेत्रका बिरामीहरुलाई तुलसीपुर, घोराही तथा नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जनताको सेवामा सधै तत्पर रहेको बताए । आफूहरु निर्बाचित भएर आउँदा दुईवटा स्वास्थ्य चौकी रहेकोमा अहिले सात वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालन भएको समेत जानकारी दिए ।

अहिले हापुरेमा अस्पताल, हंसपुरमा १५ सैयाको अस्पताल निर्माणको चरणमा रहेको भन्दै पञ्चकुलेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको बताए ।अस्पताल सञ्चालन भएपछि अब बिरामीलाई उपचारमा सहज हुने स्थानीयको भनाई छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस