भोलि दिउँसो बस्नेगरी लुम्बिनी प्रदेशसभा बैठक स्थगित, भोलिनै सत्तापक्ष र प्रतिपक्ष बीच छलफल गर्ने तयारी

बुटवल । आज दिउसो साढे ५ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी भोलि दिउसो एक बजेसम्मका लागि स्थगित भएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०७८/८९ को बजेट माथि छलफल तथा पारित गर्ने गरी बसेको बैठकमा सत्ता पक्षले बहिस्कार गरेपछि स्थगन गरिएको हो ।

प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षसँग छलफल गर्न आधा घण्टाका लागि सदन स्थगित गरी साढे ५ बजेका लागि बैठक बोलाए बोलाएका थिए । विहान ११ बजेदेखि बसेको बैठक दिउसो ५ बजे स्थगित भई पुनः साढे ५ बजे बस्ने भने पनि सक्षा पक्षले सहभागि हुन नमानेपछि भोलि दिउसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

यसैबीच संसदको बैठक बस्नुअघि भोलि विहान ११ बजे सक्षा पक्ष र प्रतिपक्ष दलका बीच आवश्यक छलफल गरिने सरकार प्रवक्ता बैजनाथ चौधरीले जानकारी गराए । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले भोलि हुने दलहरु बीचको छलफलपछि नै बजेटको टुङ्गो लाग्ने उल्लेख गरे ।

यसैबीच संसदको बैठक बस्नुअघि भोलि विहान ११ बजे सक्षा पक्ष र प्रतिपक्ष दलका बीच आवश्यक छलफल गरिने सरकार प्रवक्ता बैजनाथ चौधरीले जानकारी गराए । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले भोलि हुने दलहरु बीचको छलफलपछि नै बजेटको टुङ्गो लाग्ने उल्लेख गरे । ग्लोबल आवाजबाट

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस