दाङमा २६ जना कोरोना थपिदा, २३ जना निको

दाङ । दाङमा आज (बिहीबार) थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा १३ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या १ सय १५ रहेको छ ।

ति मध्य घरमा ९४ जना, अक्सिजनसहितको उपचारमा १३ जना र आईसियूमा ८ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच बिहीबार २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । ति मध्य घोराहीका १० जना, तुलसीपुरका ६, लमहीका ४, राप्तीका २ र राजपुरका एक जना कोरोना मुक्त भएका हुन् । यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ७ हजार ९ सय २३ पुगेको छ ।

यस्तै बैशाख यता ८ हजार २ सय ४४ जनामा कोरोना पुष्टि भएको केन्द्रको भनाई छ । यसैविच वितेको २४ घण्टामा दाङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका ३ का ५८ बर्षीय पुरुषको कोरोना बिषेश अस्पताल बेलझुण्डिमा उपचारको क्रममा मृत्युभएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । यो सँगै दाङमा बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस