दाङमा बालबालिलाई पनि कोरोना देखियो

दाङ । दाङको तुलसीपुरमा एकैघरका २ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
बालबालिकामा रुघाखोकी र ज्वरो देखिएपछि भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत तुलसीपुर मेट्रो कलेजमा गरिएको एन्टिजेन परीक्षणमा तुलसीपुर उपमहानगरपालिका ८ निबासी ८ बर्षकी बालिका र १३ बर्षका बालकमा कोरोना पुष्टि भएको हो ।
बालबालिका कोरोना पुष्टि भएपछि मेट्रो अस्पतालमा भर्ना गरिएको छ । यसअघि बालबालिका बुवाआमा सहित ६ जना पाँचदिन अघि अस्पतालमा भर्ना भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए । अहिले अस्पतालमा १० जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस