दाङमा १ जना संक्रमित थपिए, ७ संक्रमण मुक्त

दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनामा पिसिआर परिक्षण गर्दा घोराहीका एक जान पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय १३ जना रहेका छन् । ति मध्य घरमै ८८ जना, अक्सिजनसहितको उपचारमा १८ जना र आईसियूमा ७ जना बिरामी रहेको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसै बिच आज ७ जना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ७ हजार ९ सय जना पुगेको छ । साथै बैशाख यता ८ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने २ सय ५ जनाको मृत्युभएको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस