अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेका छन् ।

बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था गरेका छन् ।

त्यस्तै, अर्थमन्त्री शर्माले कोरोना जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसीयू तथा भेन्टिलेटर खरिदका लागि पनि रकम स्वीकृति दिएका छन् । अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’ कर्मचारीलाई सम्बोधन गर्दै उनले भने ।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस