थप २३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २०७८ जना निको

दाङ । पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

७ हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९ र तीन हजार नौ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ५९ गरी दुई हजार तीन सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर १२ संक्रमितको मृत्यु भएको छ भने २ हजार ७८ जनाले कोरोनालाई जितेका छन् ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस