सबै नेपालीका लागि खोपको व्यवस्था भएको छ : प्रधानमन्त्री ओली

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी कोरोना महामारी नियन्त्रणउन्मुख भएको बताएका छन् । सरकारले कोभिडलाई नियन्त्रणको चरणमा पुगेको दाबी गरेका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले सबै नेपाली जनतालाई पुग्नेगरि खोप आपूर्तिको प्रवन्ध गरिसकिएको समेत जानकारी दिए ।

पदबाट बाहिरिदै गर्दा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलीयत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए । खोपको लागि सबै प्रवन्ध भइसकेको र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो भएको उनले उल्लेख गरे । ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताए ।

उनले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताए । त्यस्तै अमेरिकबाट उपहारस्वरुप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए । प्रधानमन्त्री ओलीले १८ लाख जनताले पहिलो चरणको खोप लगाइसकेको र ९ लाख जनताले दोस्रो चरणको खोप लगाएको उल्लेख गरे ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस