दाङमा सोमबार १३ संक्रमित थपिए, एक जनाको मृत्यु 

दाङ । दाङमा आज (सोमबार) थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर परिक्षणमा ७ जना महिला र ६ जना पुरुष गरी १३ जनामा कोरोना पुष्टि भएको भएको हो ।

आज थपिएका १३ जनासहित दाङमा १ सय ३९ जना सकृय बिरामी रहेका छन् । जस अनुसार घरमा १ सय १४ जना, अक्सिजनसहितको उपचारमा १९ र आईसियूमा ६ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसैबिच आज ११ जना कोरोना मुक्त भएका छन् । यसैबिच आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १३ का ६७ बर्षिय पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । योसहित दाङमा बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस