मेट्रो अस्पताललाई सिसा नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

दाङ । तुलसीपुर ८ अश्वारामा रहेको मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना संक्रमित विरामीहरुको उपचार भईरहेको अस्पतालमा सिसा नेपालले एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको तुलसीपुर उपमहानगरपालिका कोरोना फाकल पर्सन बिमल केसीले जानकारी दिए । संस्थाका केन्द्रीय अध्यक्ष साजिदा सिद्दिकीले तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मालाई हस्तान्तरण गरेकी हुन् । कारितास जर्मनीको आर्थिक सहयोगमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।


सिसा नेपाल दाङको सम्नवयमा अस्पताललाई तेस्रो लहरको लागि आवश्यक पर्ने सामग्रीहरू १० थान सेमी folding bed , २ ओटा अस्थाइ टेन्ट, १० थान PPE , ३ थान नेबुलाजिर मेसिन , ५ थान oxymetre, N 95 mask, surgical gloves 200 जोडा, ब्ल्यांकेट १० थान लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको फोकल पर्सन केसीले जानकारी दिए ।

साथै सिसा नेपालको सहयोगमा अस्पतालमा मनोपरामर्शको कार्य पनि भइरहेको छ। मेट्रो अस्पतालबाट सोमवार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस