थपिए २३७० कोराना संक्रमित पुष्टि, ११३३ निको

काठमाडौ । देशभर पछिल्लो समय नेपालमा कोरोना भाइरसका २ हजार ३ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार १ हजार १ सय ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख २१ हजार २७ सय जना संक्रमणमुक्त भएका छन् ।
आज ११ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणबाट १६ सय ९० पिसीआर विधिबाट र ६ सय ८० जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी संक्रमणबाट १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ।
प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस