नेपाल आइपुग्यो अमेरिकाले दिएको १५ लाख डोज खोप

काठमाडौँ । अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ ।
सोमबार बिहान १० बजे कतार एयरवेजको नियमित उडानमार्फत् जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
सो खोप विमानस्थलमै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हस्तान्तरण गरेका छन् ।
प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस