एक डोज लगाए पुग्ने अमेरिकी खोप नेपालमा, प्रधानमन्त्रीलाई हस्तान्तरण
काठमाडौं । अमेरिकी सरकारले अनुदानमा सहयोगमा नेपाललाई जोन्सन एण्ड जोनसनको खोप उपलब्ध गराएको छ । नेपालमा आएका यसअघिका भेरोसेल र कोभिसिल्ड खोप दुई डोज लगाउनुपर्नेमा सो खोप एक जोड मात्रै लगाए पुग्नेछ ।
सोमबार १५ लाख ३४ हजार ८५० मात्रा सो खोप काठमाडौं आइपुगेसँगै विमानस्थलमा अमेरिकी राजदूत -याण्डी बेरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका थिए ।
नेपाल आइपुग्यो अमेरिकाले उपहारमा दिएको कोरोना खोप
सो क्रममा अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि सहयोगी हुने मन्त्री श्रेष्ठले बताए ।
यस्तै अमेरिकी राजदूत बेरीले पनि राजनीतिक लाभका लागि आफ्नो देशले खोपको व्यापार नगर्ने बताएका छन् ।
आजै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेरीले हस्तान्तरण गरेको छन् । अमेरिकाले दिएको सो खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई दिने सरकारले तयारी गरेको छ । रातोपाटीबाट