पछिल्लो २४ घण्टामा थप २१६९ जनामा संक्रमण, २२ को मृत्यु

दाङ । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।
प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस