सिसा नेपाल दाङद्वारा कोराना विशेष अस्पताललाई स्वास्थ्य सामाग्री

दाङ । सिसा नेपाल दाङद्वारा जिल्लाका दुई कोरोना विशेष अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । सेवा प्रवाहमा थप सहयोग पुग्ने भन्दै स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो ।

सिसा नेपाल दाङका केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको प्रमुख आथित्यता एवं प्रहरी प्रमुख सुरेसकुमार काप्लेको विशिष्ट आतिथ्यतामा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । जिल्लामा रहेका लमही कोरोना विशेष अस्पताल देउखुरी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई करिब पाँच लाख बराबरको सामाग्री प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ मार्फत हस्तान्त्रण गरिएको हो ।

कारितास नेपाल र कारितास जर्मनीको आर्थिक सहयोग र सिसा नेपाल दाङको सम्मन्वयमा बिहीबार एक औपचारी कार्यक्रमका विच वेड सिट, टेन्ट, पानी ट्याकीं, सेनिटाइजर, गोलोप्स, मास्क लगायतका सामाग्री प्रदान गरिएको सिसा नेपाल दाङका केन्द्रिय अध्यक्ष सिद्धिकीले जानकारी दिइन् । कार्यक्रमको सहजकीरण दिपक वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस