दाङमा बिहीबार ४ जनामा संक्रमण पुष्टि, १० जना निको

दाङ । दाङमा बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २३ जनामा गरिएको पिसिआर जाँचमा १ जना महिला र ३ जना पुरुष गरि ४ जनामा कोरोना पुष्टि भएको हो । बिहीबार कोरोना निको हुनेको संख्या १० रहेको छ ।

बिहीबार थप भएका ४ जना सहित जिल्लामा सकृय बिरामीको संख्या एक सय ४७ जना पुगेको छ । ति मध्य एक सय २७ जना घरमा, अक्सिजनसहितको उपचारमा १५ जना र आईसियूमा ५ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । बैशाख यता दाङमा ८ हजार एक सय ६१ जनामा कोरोना देखिएको छ ।

ति मध्य ७ हजार ८ सय १० जना निको भएका छन् भने २ सय ४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस