दाङ सल्यान सडकखण्ड यात्रुबाहक बस दुर्घटना, आठ जना घाईत

दाङ । दाङ सल्यान सडकखण्ड अन्र्तगत तुलसीपुर ३ शिरखोलामा यात्रु बाहक बस दुर्घटना भएको छ । सल्यानदेखि बाँकेको नेपालगन्ज तर्फ जादै गरेको रा १ ख २४३९ नम्वरको बस बेलुकी साढे छ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बस दुर्घटना हुँदा आठ जना घाईते भएका छन् । प्रहरीका अनुसार घाईतेहरुको अवस्था सामान्य र मध्यम रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

बस सडकदेखि झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस