आमाबाबु गुमाएका बालबालिकालाई मासिक पाँच सय दिने

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका बालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को तीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले कुनैपनि संरक्षक नरहेका बालवालिकाहरुको स्याहारका लागि टेवा पु¥याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताए ।

सम्बन्धीत वडाको सिफारिस अनुसार गाउँपालिकाले निणर्य गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कपुरकोट गाउँपालिकाको नवौँ गाउँसभाले कोभिड १९ नियन्त्रण तथा कोभिडवाट श्रृजित संकट व्यवस्थापनमा जोड दिदै कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम पनि पारित गरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएमा राहत स्वरुप २५ हजार रुपैयाँ मृतकको परिवारलाई उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

यस्तै डिप्लोमा ३ वर्षे कार्यक्रम प्राविधक शिक्षालयको नयां सम्वन्धन लिन चाहाना गर्ने सामुदायिक विद्यालयहरुलाई गाउँपालिकाले आवश्यक भौतिक सुधारको लागि एकमुष्ट ३ लाख अनुदान दिने व्यवस्था गरीने खड्काले बताए ।

एक घर एक धारा, करेसावारी निर्माण र कम्तिमा १० वटा फलफुल विरुवा रोपन कार्यक्रमको लागि प्रोत्साहन कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले अघि सारेको छ । आर्थिक तथा सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास लगायतका क्षेत्रलाई कपुरकोटको नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

यस्तै स्थानीय संचारकर्मी, संचारगृह, पत्रकारिताको संस्थागत विकास एवं क्षमता विकासको लागि आपसी समन्वय र सहकार्य गर्ने एवम् गाउँपालिकामा स्थापना भएका एफएम रेडियाकोे सेवा विस्तारमा आवश्यक सहयोग गरी कृषकको लागि उपयुक्त तरकारी खेति, पशुपालन, नर्सरी स्थापना जस्ता कृषक लाभन्वित हुने कार्यक्रम उत्पादन तथा प्रशारणका लागि आवश्यक वजेटको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सेनले आगामी आर्थिक वर्षको लागि ४७ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट अनुुमानको सारांश पनि गाउँसभामा प्रस्तुत गरेको छ । नवौँ गाउँसभाको दोश्रो बैठक अब मंगलबार बस्दै छ । उक्त बैठकमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले विस्तृत बजेट विवरण तथा कार्यक्रमहरु सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस