देशभर २४७४ जनामा कोरोना पुष्टि, २५१८ कोरोनामुक्त, २४ जनाको मृत्यु

दाङं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ३२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ७० हजार ५ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार २ सय ३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख ६४ हजार २९१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।