आज दाङमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

दाङ । दाङमा आज (बुधबार) १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा पिसिआर परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती १८ जना मध्य घोराहीका ८, तुलसीपुरका ४, लमही र राप्तीका दुईदुई, बंगलाचुली र शान्तिनगरका एक एक जनामा कोरोना पुष्टिभएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
आज थपिएका सँगै जिल्ला सकृय संक्रमितको संख्या १ सय ९५ जना रहेका छन् । ती मध्य १ सय ४५ जना संक्रमित घरमै, संस्थागत आईसोलेशनमा ३७ जना र १३ जना आइसियूमा रहेका छन् ।
बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ७ हजार ७ सय ५७ पुगेको छ भने ७ हजार ३ सय ६३ जना निको भएका छन् । बैशाख यता कोरोनाबाट दाङमा एक सय ९९ जनाको मृत्युभएको छ ।
प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस