युरो कपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

काठमाडौं । युरो कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत आज राति लिग चरणका अन्तिम चार खेल हुन लागेका हुन् । आज राति पौने १० बजे हुने खेलमा स्पेन र स्लोभाकिया तथा स्वीडेन र पोल्याण्ड भिड्ने छन् । समूह ‘इ’का यी चार टोलीमा स्वीडेन चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै स्पेन २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । पोल्याण्ड भने एक अंकका साथ तालिकाको पुछारमा छ ।

त्यस्तै गु्रप अफ डेथ समूहका चार टोलीको भिडन्त पनि आजै हुँदैछ । समूह एफमा साविक विजेता पोर्चुगल र उपविजेता फ्रान्सबीचको खेल राति पौने एक बजे हुने छ । त्यस्तै त्यही समयमा जर्मनी र हंगेरीबीच प्रतिष्पर्धा हुनेछ । यो समूहमा फ्रान्स चार अंकका साथ शीर्ष स्थानमा रहँदा जर्मनीको तीन अंक रहेको छ । उ तेस्रो स्थानमा रहँदा पोर्चुगल समान तीन अंकका साथ तेस्रो स्थानमा छ ।

त्यस्तै हंगेरी एक अंकसहित तालिकाको पुछारमा छ । गएराति भएको खेलमा इङ्ल्याण्ड र क्रोएसिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह डि अन्तर्गत गएराति भएको खेलमा जित निकाल्दै इङ्ल्याण्ड समूह बिजेता र क्रोएसिया उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस