नेपाल टेलिकम सेवामा प्राविधिक समस्या

दाङ, । नेपाल टेलिकमको टेलिफोन तथा मोबाइल सेवामा विहानैदेखि प्राविधिक समस्या देखिएको छ । बुधबार विहानैदेखि दाङसहित देशका विभिन्न ठाउँमा लेनल्याण्ड टेलिफोन, पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन ।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस