बाँकेमा कोरोना संक्रमण दर घट्दै : १ सय ३४ जनाको परीक्षण गर्दा १२ जना संक्रमण
बाँके । बाँकेमा मंगलबार १ सय ३४ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको छ । त्यसमा तीन जना बाँकेका रहेका छन् । बैशाखमा कोरोना परीक्षण गरेका अधिकांशमा संक्रमण पुष्टि हुने गरेकोमा पछिल्लो समय संक्रमण घटेको देखिएको छ । कोरोना जाँच गर्ने र संक्रमण दर पनि घटेको छ ।
भेरी अस्पतालमा ५६ जनाको जाँच गर्दा ८ जना, कोहलपुर मेडिकल कलेजमा ४९ जनाको परीक्षण गर्दा चार जना र बागेश्वरी ल्याबमा २९ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि नभएको जिल्ला कोभिड फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।
बाँकेमा कोरोना संक्रमित ७५ जना रहेका छन् । १९ जना सिकिस्त, २५ जना सामान्य र ८ जना भेन्टिलेटरमा रहेका छन् । कोरोनाका विरामीले भरिभराउ हुने गरेका अस्पतालहरुमा अहिले बेड खाली भएका छन् । अहिले बाँकेका अस्पतालमा उपचार गराइरहेका ८० प्रतिशत विरामी बाहिरी जिल्लाका रहेका छन् । देशसञ्चारबाट