दाङमा असार १५ गतेसम्म लकडाउन

दाङ । दाङमा जारी लकडाउन असार १५ गतेसम्मलाई थप गरिएको छ । मंगलवार घोराहीमा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले अगामी १५ गतेसम्म जिल्लामा लकडाउनलाई लम्वाउने निर्णय गरेको हो ।

बैठकले सर्वसाधारण जनताको सहजताका लागि यसअघि हरेक दिन १० बजेसम्म खुल्ने पसलहरु अब दिउँसो दुई बजेसम्म खुलाउने निर्णय गरेको छ । त्यसैगरी सरकारी कार्यालय तथा बंैकहरु हरेक दिन दिउँसो दश बजेदेखि तीन बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

समितिका अनुसार हाल जिल्लामा २५६ जना संक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा बैशाखयता ७ हजार ७ सय २० जनामा कोरोना संक्रमण भएकोमा ७ हजार २ सय ६६ जना कोरोना मुक्त भएका छन् । जिल्लामा बैशाखदेखि हालसम्म कोरोना भाइरसका कारण १ सय ९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस